जब तिमी दैलाे छेकि बस्छौ, तिम्रो कर्मले काेहि घर पस्न पाउँदैन। जहाँ बस्नु पर्ने त्यहाँ बस्न पाउँदैन, पुग्थ्याे उस्काे अधिकार तर पहुँच पुग्न पाउँदैन। हुनु पर्ने खुसी मुहार तर मुस्कुराउन पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ, मगमगाउनु पर्ने तर याद फूल्न पाउँदैन । पर्ने खुल्न तर आकाश खुल्न पाउँदैन। अघि तिम्राे सायद गुनासाे नगर्लान नयनहरू तर तिनमा अधरले छेडेकाे चमक घुल्न पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ,