जब तिमी दैलाे छेकि बस्छौ, तिम्रो कर्मले काेहि घर पस्न पाउँदैन। जहाँ बस्नु पर्ने त्यहाँ बस्न पाउँदैन, पुग्थ्याे उस्काे अधिकार तर पहुँच पुग्न पाउँदैन। हुनु पर्ने खुसी मुहार तर मुस्कुराउन पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ, मगमगाउनु पर्ने तर याद फूल्न पाउँदैन । पर्ने खुल्न तर आकाश खुल्न पाउँदैन। अघि तिम्राे सायद गुनासाे नगर्लान नयनहरू तर तिनमा अधरले छेडेकाे चमक घुल्न पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ,
तिम्रो सहाराले मलाई म बनायो आमा, तिम्रो ममताले सिंचेको मेरो बाल्यकाल, सँधै वसन्तमय रह्यो। जादु थियो तिमीमा, तिमीले घडी अड्याई दिएकी थियौ, दुखको पल नआउने गरी। तिमीले खुवाएका प्रत्येक निवालाले अझै स्वाद दिन्छन् आमा, ति अतितका सम्झनामा। तिमीले मिठो बनाई दिएकी छ्यौ, रसिलो बनाईदिएकी छ्यौ, ति गासँ जस्तै जिन्दगी पनी। तिमीले सुनाएका कथामा बाटो थियो, गन्तव्य थियो, अनि गन्तव्यको अर्थ थियो। सार विहिन रहनु परेन आमा, भट्किनु परेन जिन्दगीमा, तिमी थियौ, तिम्रो भर थियो।