Skip to main content

Posts

जब तिमी

 जब तिमी दैलाे छेकि बस्छौ, तिम्रो कर्मले काेहि घर पस्न पाउँदैन। जहाँ बस्नु पर्ने त्यहाँ बस्न पाउँदैन, पुग्थ्याे उस्काे अधिकार तर पहुँच पुग्न पाउँदैन। हुनु पर्ने खुसी मुहार तर मुस्कुराउन पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ, मगमगाउनु पर्ने  तर याद फूल्न  पाउँदैन । पर्ने खुल्न तर आकाश खुल्न पाउँदैन। अघि तिम्राे सायद गुनासाे नगर्लान नयनहरू तर तिनमा अधरले छेडेकाे  चमक घुल्न पाउँदैन। जब तिमी दैलाे छेकि बस्छौ,
Recent posts

आमा

 तिम्रो सहाराले मलाई  म बनायो आमा, तिम्रो ममताले सिंचेको मेरो  बाल्यकाल, सँधै वसन्तमय रह्यो। जादु थियो तिमीमा, तिमीले घडी अड्याई दिएकी थियौ, दुखको पल नआउने गरी। तिमीले खुवाएका प्रत्येक निवालाले अझै स्वाद दिन्छन् आमा, ति अतितका सम्झनामा। तिमीले मिठो बनाई दिएकी छ्यौ,  रसिलो बनाईदिएकी छ्यौ,  ति गासँ जस्तै जिन्दगी पनी। तिमीले सुनाएका कथामा  बाटो थियो, गन्तव्य थियो, अनि गन्तव्यको अर्थ थियो। सार विहिन रहनु परेन आमा, भट्किनु परेन जिन्दगीमा, तिमी थियौ, तिम्रो भर थियो।

गजल

 तिम्लाई विदेशकाे सपनाले तान्छ। मलाई यहि देशकाे माटाेले बान्छ। थियाे रहर तिमी सँँगै बाँच्ने तर, रहर-रहरमै लौ बिलाई जान्छ। ठूल्ठूला सपना तिम्रा; ठूलै सहरकाे, मेराे मनले सानाे गाउँलाई छान्छ। हवाईजहाजले चाेेर्ला, मन सायद तिम्राे, सिमली भुवा मेराे मन चाेरी लान्छ। जाउँ कसरी तिमी सँग परदेश? मनले यै आँगनलाई आफ्नो ठान्छ।

 दुनिया अडेको छ, म कुद्दै छु। म तेज हुँ, म बेग हुँ। मेरो नजरले गन्तव्य देख्छ, मेरो मनले लक्ष्य टेक्छ। अरुको सपनालाई तुवाँलोले छेक्छ, मेरो सपनालाई प्रचण्डले सेक्छ। त्यसैले सायद म लहलहाउँछु, त्यसैले भिन्न म कहलाउँछु।